अन्ततः गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता : मन्त्री अर्यालले राखेको प्रस्ताव सर्वसम्मत

अन्ततः गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता : मन्त्री अर्यालले राखेको प्रस्ताव सर्वसम्मत
मङ्लबार, असार १०, २०७६

काठमाडौं । सरकारले राष्ट्रियसभामा लगेको गुठी विधेयक फिर्ता भएको छ। कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिन राखेको प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिबाट पारित भएको हो।

गुठी विधेयक फिर्ता भएसँगै अव त्यो संसदको सम्ति रहेन। सरकारले गुठीको सम्पत्ति संरक्षाण तथा सदुपयोगका लागि भन्दै लगेपनि त्यसले निजी गुठीलाई प्राधिकरण मार्फत सरकारीकरण गर्ने, विभिन्न समुदायमा गुठीबाट संचालिन रितिरिवाजको अन्त्य गरिदिने भन्दै विरोध भएको थियो।

सरकारले गुठीको जग्गा व्यक्तिको नाममा सार्नसक्ने प्रावधानसमेत राखेपछि सरोकारवालाहरुले भू-माफियाको संरक्षणमा सरकार लागेको त हैन भनेर आसंका व्यक्त गरेका थिए।

काठमाडौ उपत्यकाका नेवार समुदायले त यही असार ४ गते सडकमा निस्किएर विधेयविरुद्ध प्रदर्शन गरे। उनीहरुले सरकारले तीन गते नै विधेयक फिर्ता गर्ने घोषणा गरेपनि पूर्वनिर्धारित प्रदर्शन जारी राख्दै फिर्ता हैन खारेज गर भन्दै नारा लगाएका थिए।