के हो फ्याटि लिभर समस्या, कसरी थाहा पाउने रोग लागेको ?

के हो फ्याटि लिभर समस्या, कसरी थाहा पाउने रोग लागेको ?
बिहिबार, असार १२, २०७६

काठमाडाैँ । कलेजोको वरिपरी अत्यधिक मात्रामा बोसो जमेर धमनी साँघुरो भई रक्त- संचारमा पैदा हुने समस्यालाई फ्याटि लिभर  भनिन्छ । आज भोलि धेरै जसो मानिसहरुमा यो समस्या देखा पर्ने गरेको पाइन्छ ।  तर अधिकतम मानिसहरुले फ्याटि लिभर भएको थाहा पाउदैनन्। जसले गर्दा समस्या जटिल बन्ने गर्दछ।  निस्कृय जीवनशैली, अस्वस्थ खानपानका कारण तौल वृद्धि भई कलेजोमा बोसो जम्ने गर्दछ जसलाई फ्याटि लिभर भनिन्छ।

प्रारम्भमा यसले सामान्य प्रकारको लक्षणहरु देखाउने भएकोले त्यति असर गर्दैन। तर व्यवास्ता गरि समयमा नै उपचार गरिएन भने भविष्यमा यसले गम्भीर किसिमको रोग लाग्नसक्छ।फ्याटि लिभर भएको  वा नभएको भिडियो एक्सरे गरेर थाहा पाउन सकिन्छ। फ्याटि लिभर भएको कसरी थाहा पाउने भिडियो एक्सरे(USG) गर्नु अनिवार्य हुन्छ। तथा निम्नानुसार लक्षणहरु देखिएमा फ्याटि लिभर भएको हुनसक्छ।

 

लक्षणहरु

१. खाना खान मन नलाग्ने

२. नपच्ने ((indigestion)

३. वाकवाकी लाग्ने (Nausea)

४.वान्ता हुने ( vomits)

५. मुख नमिठो हुने

६.आलस्य हुने

7. कम्मर मुनिको दायाँ भाग गरुङ्गो हुने वा दुख्ने

कलेजो बिग्रदै गएमा स्मरणीय शक्ति कम हुने , शरीर पहेंलो हुने, कमल पित्त हुने, खुट्टा र पेट सुनिने, बझोपन तथा नपुसक हुने,मुख र शरीरका अन्य भागहरुबाट रगत आउने जस्ता लक्षणहरु देखिन्छ।

कारणहरु

१. मद्यपान

२. एक्कासि तौल बढ्नु

३. मधुमेह

४. हेपाटाटिस्- बी

५. लामोसमयसम्म औषधि सेवन

६. शारीरिक ब्यामको कमी

७. अस्वस्थ जीवनशैली

कसरी बच्ने

यो समस्याबाट बच्न्ने मुख्य उपाय जीवनशैली परिवर्तन गर्नु नै हो। यसका साथै नियमित व्यायाम, तौल नियन्त्रण,पोषिलो खानेकुराको सेवन, चिल्लो र बोसो युक्त खाना नखाने र रेसादार खानेकुराहरु सेवन गर्ने गर्दा यो रोगबाट बच्न सकिन्छ।

मद्यपान,हेपाटाटिस्- बी, रक्तचाप, कोलेस्ट्रोललाई नियन्त्रण गर्न सकियो भने फ्याटि लिभरको समस्या नहुन सक्छ। कलेजोमा अत्याधिक मात्रामा बोसो बढ्न नदिन पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श गर्न जरुरी हुन्छ।

लेखक डाक्टर प्रकाश पोख्रेल वयल केयर अस्पतालमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत छन् ।