एसईई परीक्षाको नतिजा सार्वजनिक : १७५८० जनाले ल्याए ‘ए प्लस’ ग्रेड 

एसईई परीक्षाको नतिजा सार्वजनिक : १७५८० जनाले ल्याए ‘ए प्लस’ ग्रेड 
बिहिबार, असार १२, २०७६

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ।
गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए।

परीक्षामा सहभागि विद्यार्थी मध्ये १७ हजार ५ सय ८० जनाले ३.६  देखि ४ सम्मको जिपिए अंक अर्थात ‘ए प्लस’ ग्रेड  प्राप्त गरेका छन्। ५१ हजार १ ३७ जनाले ३.२ देखि ३.६ सम्म जिपिए अंक प्राप्त गरि ‘ए ग्रेड’ पाएका छन्।

६३ हजार ७ सय ४१ले २.८ देखि ३.२ सम्म जिपिए अंक प्राप्त गरि ‘बि प्लस ग्रेड’ पाएका छन् । यस्तै ७६ हजार ५ सय ६४ ले  २. ४ देखि २.८ सम्म जिपिए प्राप्त गिर ‘बि ग्रेड’ ल्याएका छन्।

९८ हजार २ सय ७ जनाले २ देखि २.४ जिपिए अंक प्राप्त गर्दै सी प्लस ग्रेड ल्याएका छन् भने, १.६ देखि २ सम्म जिपिए अ‌क प्राप्त गर्दै सी ग्रेड ल्याउनेको संख्या ९५ हजार ३ सय सात जना छन् ।

यसरी  हेर्ने नतिजा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर www.neb.gov.np, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुर www.see.gov.np, नेपाल टेलिकम www.see.ntc.net.np, एनसेल www.ncell.axiata.com, एजाइल एडुकेशन, www.merostudy.com, ईडीयू सञ्जाल www.see.edusanjal.com मा गएर नतिजा हेर्न सकिन्छ ।
यस्तै, एसएमएसबाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाउन सकिन्छ । यसैगरी results लेखेर स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३५००१ मा पठाउन सकिन्छ ।