यसरी भयो रातको समयमा युवतीमाथि ‘काँटी’ आक्रमण (भिडियो सहित)

यसरी भयो रातको समयमा युवतीमाथि ‘काँटी’ आक्रमण (भिडियो सहित)
शुक्रबार, असार १३, २०७६

राति करिव १० बजेको समय
काठमाडौंको ढल्कुमा एकजना युवती कुकुर डुलाएर सडकमा हिडिरहेकी हुन्छिन् । एत्तिकैमा एकजना व्यक्ति मोटरसाइकलमा आउँछ र युवतीमाथि काँटी आक्रमण गर्छ।

प्रहरीले उपलब्ध गराएको सीसीटीभी फुटेज अनुसारमा युवतीमाथि मोटरसाइकलमा आएको व्यक्तिले आक्रमण गरेको स्पष्ट देख्न सकिन्छ। आक्रमण पछि युवतीले फर्किएर हेर्दा मोटरसाईकल बेपत्ता भइसकेको हुन्छ। पछि पछि हिड्दै आएका एक व्यक्तिलाई ती युवतीले केही भन्छीन् घरभित्र तिर जान्छिन् ।

केही साता यता राजधानीमा यस्ता घटना श्रृङ्खलाबद्ध रुपमा देखिएका थिए। काँटीले आक्रमण गरेको आरोपमा प्रहरीले रामेछापका सन्तोष कार्कीलाई पक्राउ गरिसकेको छ।