एकाविहानै डरलाग्दो दुर्घटना, इन्जिन र गाडी छुट्टियो : अस्पताल पुर्‍याइएका घाइते फरार

एकाविहानै डरलाग्दो दुर्घटना, इन्जिन र गाडी छुट्टियो : अस्पताल पुर्‍याइएका घाइते फरार
शनिबार, असार १४, २०७६

काठमाडौ।  काठमाडौंको कान्तिपथमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ठमेलबाट जमलतर्फ जाँदै गरेको बा. ११ च ३६०४ नम्बरको जीप बारमा ठोक्किदा किनाराको बार भत्किएको छ भने गाडीको इन्जिन समेत खसेको छ।

आज बिहान ६ बजे दुर्घटना भएको थियो। द्रुत गतिमा गइरहेको जीप एक्कासी बारमा रोक्किँदा दुर्घटना भएको हो। दुर्घटनालगत्तै स्थानीयले जीपमा रहेका तीन जनालाई उद्धार गरेर ग्रान्डि सिटी अस्पतालमा पुर्‍याएका थिए।

चालक बिजेन दुवाल श्रेष्ठ घाइते भएका छन् । उनीसँगै कारमा रहेका अन्य ३ जना पनि सामान्य घाइते भएका छन् । समान्य घाइते भएका यात्रु प्राथमिक उपचारपछि फरार रहेको प्रहरीले जनाएको छ। यात्रु फरार भएपछि प्रहरी रनभूल्लमा परेको छ।

घट्ना रहस्यमय हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ। चालकसहित जीपमा सवार यात्रु नै फरार भएपछि उनीहरुको खोजी भइरहेको  प्रहरीले जनाएको छ।