नेप्से सुधार हुँदै, बढ्यो शेयर बजार

नेप्से सुधार हुँदै, बढ्यो शेयर बजार
बुधबार, असार १८, २०७६

काठमाडौँ । मंगलबार ११ अंकले बढेको नेप्से परिसुचक आज समेत १५ दशमलव ६२ अकले बढेको छ ।

१२ सय ५३ दशमलव ८६ अंकमा रहेको नेप्से बढेर १ हजार २ सय ६८ दशमलव ६९ अंकमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा आज कारोबार भएका सबै समुहको उल्लेख्य वृद्धि भएको छ ।

नेप्सेमा कारोवार भएकामध्ये सबैभन्दा धेरै नेपाल बैक लिमिटेडको कारोवार सबैभन्दा बढि उच्च भएको छ ।

दोस्रोमा सेञ्चुरी बैक , तेस्रोमा मेगा बैक र चौथो धेरै कारोवार हुनेमा प्रभु बैक रहेको छ । कारोवार भएकामध्ये सबैभन्दा धेरै राष्ट्रिय विमा कम्पनीको शेयर मुल्य प्रतिशेयर ४ सय ४९ रुपैयाले बढेको छ । यो आज कारोबार भएका सबै शेयरमध्ये सबैभन्दा बढि हो ।