चीनमा रोजगारीको संख्या ७७ अर्ब भन्दा माथि, बेरोजगारी दर ४ दशमलव ९ प्रतिशत

चीनमा रोजगारीको संख्या ७७ अर्ब भन्दा माथि, बेरोजगारी दर ४ दशमलव ९ प्रतिशत
शनिबार, असार २१, २०७६

एजेन्सी । चीन सरकारले मुलुकमा रोजगारीको संख्या ७७ अर्ब भन्दा माथि पुगेको र बेरोजगारीको दर ४ दशमलव ९ प्रतिशतमा झरेको तथ्यांक सार्वजनीक गरेको छ । चीनको राष्ट्रिय तथ्यांक ब्यूरोका अनुसार रोजगारीका संरचनामध्ये दोस्रो र तेस्रो उद्योगको रोजगारीको अनुपात क्रमशः तीस प्रतिशत र पचास प्रतिशत पुगेको छ ।

रोजगार नागरिकको संख्या बढेपछि मुलुकको अर्थतन्त्र स्थिर रुपमा निरन्तर उकालो लागेको दावी राष्ट्रिय तथ्यांक ब्यूरोको छ । नयाँ चीन स्थापना भएको सुरूमा अर्थात् सन् १९४९ को अन्तमा चीनका शहरमा बेरोजगार दर २३ दशमलव दुई ६ प्रतिशत थियो ।

सन् २०१८ को अन्तमा यो संख्या घटेर ४ दशमलव ९ प्रतिशतमा झरेको छ । सन् २०१३ यता चीनको शहरी क्षेत्रमा नयाँ रोजगारीका अवसर प्रसस्तै थपिएको तथ्यांक छ ।

शहरी क्षेत्रमा रोजगारीको संख्या प्रतिबर्ष १ करोड ३० लाखभन्दा बढी रहेको चीनको राष्ट्रिय तथ्यांक ब्यूरोको दावी छ । सन् २०१८ मा डिजिटल अर्थतन्त्र क्षेत्रको रोजगार संख्या ९९ करोड १० लाख पुगेको छ भने वर्षभरि कूल रोजगारी संख्याको २५ प्रतिशत पुगेको छ ।

सन् १९५२ को तुलनामा कुल गार्हस्थ उत्पादन १ सय ७५ गुणा बढेको छ । चीन सरकारले मुलुकको औषत आर्थिक बृद्धि ८ प्रतिशतको हाराहारीमा रहने र अहिले प्रति व्यक्ति आय ९ हजार ७ सय ३२ अमेरिकी डलर पुगेको विवरण सार्वजनीक गरेको छ ।

अमेरिकासंगको व्यापार युद्ध मत्थर भए लगत्तै चीन सरकारले मुलुकको आर्थिक परिसुचक सार्वजनीक गरेको हो ।