ब्राजिल बन्यो कोपा अमेरिका फुटबलको च्याम्पियन

ब्राजिल बन्यो कोपा अमेरिका फुटबलको च्याम्पियन
सोमवार, असार २३, २०७६

एजेन्सी । घरेलु टोली ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आईतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई एकका बिरुद्ध तीन गोल अन्तरले हराउँदै ब्राजिलले उपाधी चुमेको हो ।

ब्राजिललाई कोपा अमेरिकाको उपाधि दिलाउन खेलको १५ औ मिनेटमा सुसा सोरेसले पहिलो गोल गरे । त्यसपछि पाओलो गुरेरोले ४४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै पेरुलाई खेलमा फर्काए ।

त्यसपछि पहिलो हाफको ईन्जुरी समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ को स्थितीमा पुर्याए । त्यसपछि खेलको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै रिचर्डलिसनले ब्राजिलको जित पक्का गरे । ब्राजिलले नवौ पटक कोपा अमेरिकाको उपाधि उचाल्न सफल भएको छ ।