क्यान्सरको निशुल्क उपचारको व्यवस्था गरिएको छ : स्वास्थ्यमन्त्री

क्यान्सरको निशुल्क उपचारको व्यवस्था गरिएको छ : स्वास्थ्यमन्त्री
सोमवार, असार २३, २०७६

काठमाडौं । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले सराकारले क्यान्सर जस्ता रोग लागेका मानिसहरुलाई निशुल्क उपचारको व्यवस्था गरेको बताए ।

यस्ता विरामीहरुलाई सरकारले आर्थिक सहयोग समेत गर्ने बताए । उनले मुलुककै पुरानो वीर अस्पतालमा जनताको विश्वास बढ्दै गएकाले उपचारका लागि आवश्यक पूर्वाधारमा सरकारले जोड दिएको जानकारी दिए ।