उपाधी विजेता स्वदेश फर्कदै

उपाधी विजेता स्वदेश फर्कदै
बुधबार, असार २५, २०७६

काठमाडौँ । एसीसी अण्डर नाईन्टीन इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि विजेता राष्ट्रिय क्रिकेट टिम बुधबार स्वदेश फर्कंदै छ । मलेसियामा भएको प्रतियोगिताको उपाधि जितेको नेपाली टिम बुधबार राति साँढे ९ बजे नेपाल आईपुग्न लागेको हो ।

उपाधि भिडन्तमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । उपाधि जितेसँगै नेपाल अण्डर नाईन्टनि एसिया कपमा छनोट भएको छ । अण्डर नाईन्टीन टिमका कप्तान रोहित पौडेल र पवन सरार्फ भने मलेसियामै रहेर नेपालको सिनियर टिमसंग जोडिनेछन् ।

नेपालको सिनियर राष्ट्रिय टिम सिंगापुरमा हुने आईसीसी टी ट्वान्टी विश्वकप एसिया फाईनलको तयारीका लागि मलेसियामा रहेको छ । नेपाली टिम मलेसियामा रहेर जुलाई १३ र १४ मा दुई टी–ट्वान्टी सिरिज खेल्नेछ ।