प्रधानमन्त्री लज्जित, मन्त्रीहरु पन्छिए

प्रधानमन्त्री लज्जित, मन्त्रीहरु पन्छिए
शुक्रबार, असार २७, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरण्मा भारतीय दूतावासको पत्रबारे मन्त्रालयहरुबाट बेलैमा जानकारी नगराइँदा आफू जनतासामू लज्जित हुनुपरेको बताएका छन् ।

त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने जिम्मेवार मन्त्रीहरु भने एकअर्कालाई आरोपित गर्दै पन्छिन खोजेका छन् ।

राजधानीमा बिहीबार आयोजित ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनःसंरचना’ विषयक अन्तर्क्रियामा ओलीले आफूलाई गुमराहमा राख्नेमाथि कारबाही गर्ने जनाए ।

उनले भारतबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण नगर्न भारतीय दूतावासले लेखेको पत्रबारे आफूलाई जानकारी नगराउनेहरुको खोजी गरिने बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।