कोशीमा पानीको बहाव यो बर्षकै उच्च

कोशीमा पानीको बहाव यो बर्षकै उच्च
शुक्रबार, असार २७, २०७६

सुनसरी । चार दिन देखी लगातार परेको बर्षा कारण सप्तकोशी नदिमा पानीको मात्रा बढेको छ । लगातार पानी परेपछि सप्तकोशी नदिमा यो बर्षकै उच्च पानी मापन गरिएको छ ।

शुक्रबार विहान ६ बजेको मापन अनुसार कोशी नदिमा १ लाख ७४ हजार ७ सय २० क्यूसेक प्रति सेकेण्ड पानी कोशी व्यारेज भएर बगेको सप्तकोशी कन्ट्रोल रुमले जानकारी दिएको छ । पानीको मात्रा बढेपछि सप्तकोशी नदिका ५६ ढोका मध्ये २२ वटा ढोका खुल्ला गरिएको छ

पहाडी जिल्लाहरुमा लगातार पानी परेकाले कोशीनदिमा पानीको मात्रा बढ्दो क्रममा रहेको कोशी कन्ट्रोल रुमले जानकारी दिएको छ । पानी बढ्ने क्रम नरोकिएपछि हाल यो बर्षकै उच्च पानी मापन गरिएको हो ।

पानी पर्ने क्रम बढेसँगै बढेको कोशीको पानीलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ । कोशीमा खतराको संकेट स्वरुप रातो झण्डा फहराइएको छ भने रातो बत्ति पनि बालिएको छ ।

यस्तै सुरक्षा निकायलाई पनि उच्च सर्तकताका साथ राखिएको सुनसरी प्रशासनले जानकारी दिएको छ ।