टर्कीले रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली खरिद गरेपछि अमेरिकासंगको सम्वन्ध बिग्रियो

टर्कीले रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली खरिद गरेपछि अमेरिकासंगको सम्वन्ध बिग्रियो
शनिबार, असार २८, २०७६

एजेन्सी । टर्कीले रुससँग क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली खरिद गरेको बिषयलाई लिएर अमेरिकाले गम्भीर आपत्ति ब्यक्त गरेको छ । टर्कीले रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली अमेरिकी लडाकु विमान ‘एफ–३५’ संगै राख्ने तयारी गरेपछि अमेरिकाले गम्भीर आपत्ति जनाएको हो ।

अमेरिकी एफ–३५ विमान र रुसी एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सँगै राख्दा सुरक्षाका हिसावले के जोखीम हुन्छ भन्ने अमेरिकाले खुलाएको छैन । अमेरिकाको विरोधका बीच टर्कीले रुससँग किनेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी टर्कीको अंकरा विमानस्थलमा पुगेको छ ।

टर्की र अमेरिका दुवै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सदस्य भएपनि केहि समययता टर्कीको रुससँगको सम्वन्ध सुधारउन्मुख देखिएको छ । टर्कीले अमेरिकासँग एक सय वटा एफ–३५ लडाकु विमान किन्ने सम्झौता गरे लगत्तै टर्कीले रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र त्यसको सञ्चालनका लागि २ खर्ब ५० अर्ब डलर बराबरको रकम खर्च गरिसकेको छ ।

रूसी प्राविधिकले एफ–३५ विमानको कमजोरी पत्ता लगाउन सक्ने डरका कारण अमेरिकी रक्षा अधिकारीले आपत्ति जनाएको अनुमान गरिएको छ । अमेरिकाले रुसी प्रतिरक्षा प्रणाली पूर्णरुपमा स्थापित गरे एफ–३५ कार्यक्रमबाट हटाउने र टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउनेसमेत चेतावनी दिएको छ ।