सप्तकोशीमा पानीकाे सतह बढ्याे, चेतावनीका लागि बालियाे रातो बत्ति

title
शनिबार, असार २८, २०७६

काठमाडौं–निरन्तरको बर्षापछि सप्तकोशीले आज विहान चतरा क्षेत्रमा सतर्कताको तह पार गरेको छ । विभिन्न नदीहरुमा जलसतह बढेको र पानी पर्ने क्रम जारि रहेकाले सप्तकोशीमा आज बिहानैदेखी चेतावनी सूचक घण्टी बजाईएको बाढी सूचना केन्द्रले जनाएको छ ।

पानीको बहाब अझै बढ्न सक्ने भन्दै सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा बेलुकी सम्मै उच्च सतर्कता अपनाउन सूचना केन्द्रले आग्रह गरेको छ । यस्तै, कमला नदीप्रभावित क्षेत्र धनुषा–तित्तरिया बाढीमापन केन्द्रमा पनि जलसतह खतरा तह भन्दा माथि पुगेको छ ।

वर्षा हुने क्रम जारी रहेकाले धनुषा, सिराहा जिल्लाका बिभिन्न क्षेत्र डुबानमा परेका छन् । तटीय क्षेत्रमा रहनेहरुलाई आज दिनभर आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।