बालविवाह रोक्ने धर्मगुरुहरुको प्रतिबद्वता

title
बिहिबार, साउन २, २०७६

लमजुङ । लमजुङका धर्मगुरुहरुले बाल बिवाह रोक्न पहल गर्ने लिखित प्रतिबद्घता गरेका छन् । धर्म, संस्कृति र रितिरिवाजका नाममा हुने बाल विवाह रोक्न विभीन्न धर्मका धर्म गुरुहरुले लिखित प्रतिबद्घता जनाएका हुन ।

वल्र्ड भिजन इन्टरनेशनल नेपाल, आरसिडिसी र कोपाडेस को सहयोग तथा महिला हिंसा विरूद्ध अन्तर धार्मिक राष्ट्रिय सञ्जाल, (निरन नेपाल) को आयोजनामा भएको कार्यक्रममा धर्मगुरुहरुले यस्तो प्रतिबद्धता जनाएका हुन । प्रत्येक धार्मिक, सांस्कृतिक तथा जन्म देखि मृत्यु पर्यन्तका गतिविधिमा प्रत्यक्ष वा परोक्ष सहभागि हुने भएकाले धार्मिक अगुवाहरुलाई सामाजिक रुपान्तरणमा सहभागि बनाउने उदेश्यका साथ कार्यक्रम गरीएको थियो ।