सुत्केरीको मृत्यु भएपछि प्रसूती गृहमा आफन्तबाट तोडफोड

title
बिहिबार, साउन २, २०७६

काठमाडौं । थापाथलीस्थित प्रसूती गृहमा सुत्केरी गराउन भर्ना भएकी कल्पना तामाङको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको छ । भर्ना भएकी नुवाकोट दुप्चेकी ३८ वर्षीया तामाङको मृत्यु भएपछि अस्पतालले हेलचेक्रयाइ गरेको भन्दै आफन्तले तोडफोड गरेका हुन् ।

शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने बताउँदै मंगलबार भर्ना गरेको तर एकैपटक बुधबार अस्पतालले मृत घोषणा गरेको आफन्तलृे आरोप नलगाएका छन् । अस्पतालमा तनाव बढेपछि अहिले प्रहरी परिचालन गरिएको छ।

समस्या समाधानका लागि अहिले अस्पताल प्रशासन र आफन्तबीच वार्ता भइरहेको छ ।