यस बर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाउने सरकारी तयारी

title
शुक्रबार, साउन ३, २०७६

काठमाडौं । सरकारले यस बर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तयारी गरेको छ । आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय युवा दिवस २०७६ मूल समारोह समितिको बैठकले दिवसलाई भव्यरुपमा मनाउनका लागि बिभिन्न कार्यक्रमहरुको प्रस्ताव गरेको हो ।

दिवसका अवसरमा प्रभातफेरी, युवा प्रतिभा सम्मान, युवा सम्वाद लगायतका कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ । युवाको व्यापक सहभागिता र विभिन्न युवा लक्षित रचनात्मक क्रियाकलापहरुको आयोजना गरी साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाइन लागिएको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बताउनुभयो ।

गुणस्तरीय र व्यवसायीक शिक्षाको माध्यमबाट शिक्षामा रुपान्तरण गर्ने र सो को प्रतिफल रुवरुप युवामा उद्यमशीलताको विकास, स्वरोजगार र नव प्रवर्तनमा टेवा पु¥याउने राष्ट्रिय लक्ष्यसँग जोड्न सकिने मन्त्री विश्वकर्माले धारणा राख्नुभयो । युवाका सवाललाई सम्बोधन गर्ने उदेश्यले संयुक्त राष्ट्रसंघले सन १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिकलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने निर्णय गरेसँगै सन २००० देखि नियमित रुपमा विश्वभर युवा दिवस विभिन्न कार्यक्रम गरी मनाउन थालिएका हो ।

नेपालमा भने सन २००४ देखि युवा दिवस मनाउन थालिएको हो ।