आईसीसी बोर्ड बैठकले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बनबारे कुनै निर्णय गरेन

title
शुक्रबार, साउन ३, २०७६

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन कायमै राखेको छ । लण्डनमा भएको आईसीसी बोर्ड बैठकले क्यान निलम्बनबारे कुनै निर्णय गरेको छैन ।

बैठकमा क्यान निलम्बनबारे छलफल हुने अनुमान गरिएको थियो । तर, बैठकले क्यानबारे कुनै निर्णय नगर्दा निलम्बन यथावत रहेको हो ।

आईसीसीको प्रतिबन्धमा रहेपनि नेपाली क्रिकेट टिमले भने अन्तराष्ट्रिय प्रतियोगिताहरु खेलिरहेको छ । नेपाली टोलीलाई आईसीसीले नै हेरिरहेको छ ।

क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले नेपाललाई बिस २०७३ साल वैशाखमा निलम्बन गरेको थियो । यता, आईसीसीले जिम्बावे क्रिकेटलाई निलम्बन गरेको छ ।

जिम्बावे क्रिकेटमा राजनैतिक हस्तक्षेप भएको जनाउ“दै आईसीसीले निलम्बनको निर्णय गरेको हो । जिम्बावेको क्रिकेटलाई निलम्बन गर्नका लागि सबै अनुदानहरु पनि रोकेको छ भने कुनै पनि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पनि बन्देज लगाएको छ ।

यसबाहेक आईसीसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ ।