रुकुम पश्चिममा अघिल्लो आर्थिक बर्षमा आएको सवा १ अर्ब बढी रकम फ्रिज

title
शुक्रबार, साउन ३, २०७६

रुकुम । रुकुम पश्चिममा अघिल्लो आर्थिक बर्षमा आएको सवा १ अर्ब बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लामा संघीय र प्रदेश सरकारबाट आएका ठुलो रकम फ्रिज भएको हो ।

जिल्लालाई संघ र प्रदेश सरकारबाट आएको कुल ५ अर्ब ३१ करोड ६० लाख ९२ हजार ५ सय मध्ये ४ अर्ब ४ करोड ५७ लाख ५२ हजार ३ सय रकम मात्र खर्च भएको कोष नियन्त्रक इश्वरी प्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार आएको बजेट मध्ये १ अर्ब २७ करोड ३ लाख ४० हजार २ सय रकम खर्च हुन नसकेर फ्रिज भएको छ ।

संघीय सरकारको चालु खर्च तर्फ कुल २ अर्ब ८२ करोड ८९ लाख ७० हजार २ सय ९३ रुपैयाँ बाषिक बजेट रहेकोमा २ अर्ब ७० करोड ३३ लाख ६९ हजार २० मात्र खर्च भएको छ भने १२ करोड ५६ लाख १ हजार २ सय ७३ रुपैयाँ फ्रिज भएको छ । त्यस्तै पुँजिगत खर्च तर्फ ६५ करोड ८९ लाख ४६ हजार बार्षिक बजेट भएकोमा ३५ करोड ३२ लाख ८९ हजार ८ सय २२ मात्र खर्च भई ३० करोड ५६ लाख ५६ हजार १ सय १८ रुपैयाँ फ्रिज भएकोे छ ।

त्यसैगरी प्रदेश सरकारका तर्फबाट प्राप्त रकममध्ये चालु तर्फ ५५ करोड ६७ लाख ५९ हजार २ सय ७३ रुपैयाँ बार्षिक वजेट रहेकोमा ३९ करोड २१ लख ८७ हजार ३ सय ४२ खर्च भएपनि १६ करोड ४५ लाख ७१ हजार ९ सय ३१ रुपैयाँ फ्रिज भएको छ । त्यस्तै पुजिगततर्फ १ अर्ब २७ करोड १४ लाख १७ हजार बार्षिक बजेट रहेकोमा ५९ करोड ६९ लाख ६ हजार १ सय ७५ रुपैयाँ खर्च भएको छ भने ६७ करोड ४५ लाख १० हजार ७ सय रुपैयाँ फ्रिज भएको छ ।

कोेष तथा लेखा नियन्त्रक ढकालले योजना छनौटमा कमजोरी, कर्मचारीको अपर्याप्तता र समयमै योजना कार्यान्वयनमा जनचासो नभएका कारण जिल्लाको विकासका लागि आएको ठुलो रकम फिर्ता भएको बताउनु भयो ।