अफगानिस्तानको राजधानी काबुलस्थित एक विश्वविद्यालयमा बम विस्फोट, चार जनाको मृत्यु

title
शुक्रबार, साउन ३, २०७६

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा बम विस्फोट भएको छ । आज विहान भएको विष्फोटमा चार जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

स्थानीय समयाअनुसार बिहान ७ः१० मा विस्फोट भएको प्रहरीले जनाएको छ । स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा विस्फोट भएको थियो ।

घाइते आठ जनामध्ये एक जना भने किशोरी रहेको जनाइएको छ । यो विस्फोटको अनुसन्धान जारी रहेको स्थाानीय सुरक्षा अधिकारीहरुले जनाएका छन ।