जिवित मान्छेलाई मृत्यु दर्ताको प्रमाण

title
शनिबार, साउन ४, २०७६

दैलेख– दैलेख जिल्लाको भगवतीमाई गाउँपालिकामा जिवित ब्यक्तिलाई मृत्यु दर्ताको प्रमाण पत्र दिएको छ जिवितै रहेका भगवतीमाई गाउँपालिकाको वडा नं ४ का मनिराम खत्री र निजकि श्रीमतीलाई मृत्यु दर्ताको प्रमाणपत्र बुझाइएको हो ।गएको मंसिरमा हाम्रो परिवार बसाइ–सराईं गरी बाँसगढी नगरपालिका आएको थियो,’ पीडितकी छोरी नानकला अधिकारीले भनिन ‘उतिबेला वृद्धभत्ताका लागि कागजात मिलाइदिन भनेर बुवा आमाले गाउँपालिकामा कागजात पेश गर्नुभएको थियो ।’

असार १० गते मनिरामका दुवैजनालाई मृत्यु दर्ताको कागजात थमाइएको थियो गाउँका सोझा लेखपढ समेत नगरेका दम्पतिलाई मृत्यु के, के बसाईसराई थाहा नै भएन । उनीहरु निरीह भएर घर फर्किए । ‘वृद्ध भत्ताका लागि बाँसगढी नगरपालिका र भगवतीमाई गाउँपालिकामा धेरै धाइयो,’ छोरी नानकलाले भनिन्, ‘ कतै बाट सुनुवाई भएन ।’ उनले वडा सचिव कृष्णबहादुर शाही र सामाजिक परिचालक ज्ञानबहादुर थापाका कारण आफुले यस्तो सास्ती भोग्नुपरेको आरोप लगाइन् ।

‘बाँचेका मेरा बुवा आमालाई मृत्यु दर्ताको प्रमाणपत्र दिने अधिकार गाउँपालिकालाई कसले दियो ’ उनले प्रश्न गरिन, ‘बाँचेका छन् भन्ने थाहा हुँदाहुँदै वडा सचिव र सामाजिक परिचालकले मेरा अभिभावकलाई मृत्यु दर्ताको प्रमाणपत्र थमाउन कसरी मिल्छ असार २७ गते बाँडिएको वृद्धभत्ता लिन गएका दम्पतीलाई मृत्यु दर्ताको प्रमाण पत्र दिएपछि तनाव भएको छ । एकातिर जिउँदै भएका व्यक्तिलाई मरेको भनेर पीडा दिइएको छ भने अर्को्तिर गाउँपालिकाले वृद्धवृद्धाको जीउने अधिकारमाथि सोझै हस्तक्षेप गरेको छ ।

गाउँमा रहेका अधिकारीका दाजु रेशम खत्रीलाई आमाको किरीया खर्च भनेर दुई हजार दिन खोजेका रहेछन,’ तर खत्रीले जिउँदै भएकी आमाको किरिया खर्च कसरी लिउँ भनेर भनेको जनाइएको छ । यश बिषयमा गाउपालिका अध्यक्ष दानबहादुर थापाले समस्या समाधान गर्ने भनेर आश्वासन दिएका छन्। अध्यक्ष थापाले आफुले र्भखर थाहा पाएकोले छानविन गरि गल्ती गर्नेलाई कारवाही हुने समेत बताएका छन् ।