सिंचाइ डिभिजन कार्यलय दोलखाका प्रमुख अख्तियारको फन्दामा

title
शनिबार, साउन ४, २०७६

कैलाश लामा
दोलखा। अख्तियार दुरुपयोग अनुसंन्धान आयोगले सिंचाइ डिभिजन कार्यलय दोलखाका डिभिजन प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाहलाई नगद सहित पक्राउ गरेको छ।

प्रमुख अधिकारीलाई १३ लाख ३८ हजार र इन्जिनियर शाहलाई १ लाख ३० हजार नगद सहित हिजो साझ अख्तियारले पक्राउ गरेको हो।

दोलखाबाट काठमाडौं जाँदै गरेको अवस्थामा काभ्रे र भक्तपुरको सिमानाबाट उनिहरुलाई पक्राउ गरिएको अख्तियारका प्रबक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए । अधिकारीलाई कार्यालयको गाडी बा १ झ ५२८० मा यात्रा गरिरहेको बेला पक्राउ गरिएको हो । इन्जिनयर यादव भने सिंचाइ डिभिजन कार्यलय सिन्धुपाल्चोकका हुन् ।

उनीहरुले घुस लिएको भन्ने विशेष सुचनाको आधारमा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले बताए ।