टेकुस्थीत महेन्द्र सरस्वती विद्यालयको भवनमा गुठीयारबाट आगजनी

title
शनिबार, साउन ४, २०७६

काठमाडौंको टेकुस्थीत महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयको निर्माणाधीन भवनमा स्थानीय गुठीयारहरुले आगजनी गरेका छन् ।

पचली भैरव गुठीको जग्गामा विद्यालयले अनाधिकृत रुपमा व्यापारिक भवन निमार्ण गर्न थालेको भन्दै गुठीयारहरुले निर्माणाधिन भवनको सामाग्रीमा आगजनी गरेका हुन् । उनीहरुले भवनको पिल्लर समेत भत्काएका छन् । गुठीयार र विद्यालयबीच जग्गा उपयोगका विषयमा लामो समयदेखि विवाद हुदै आएको थियो ।

जग्गा विवादबारे छलफल गर्न शनिबार बिहान बोलाइएको बैठकमा जनप्रतिनिधिको जवाफ गैरजिम्मेबार रहेको भन्दै आक्रोशित समूहले निमाणाधिन भवनमा आगजनी गरेका हुन् । विद्यालयले गुठीको जग्गामा बिना सहमति र भवन निर्माण पास नगरिकन नै भवन निर्माण गर्न लागेकाले आफुहरुले त्यसलाई रोकेको स्थानीयको भनाई छ ।

यता विद्यालय प्रशासनले भने मौखिक सहमति अनुसार भवन निर्माण थालिएको जनाएको छ । जग्गाको प्रयोग गरेबापत भाडा तिर्न तयार हुँदा पनि स्थानीय गुठियारले तोडफोड गरेको विद्यालयको आरोप छ

काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणको बजेटमा विद्यालयले भवन बनाइरहेको थियो । स्थानीयले उक्त निर्माणाधिन भवनको संरचनामाथि आगजनी गरेपछि प्रहरीले उक्त स्थान खालि गराएको थियो ।