अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता लिने रक्षामन्त्री पोखरेलको प्रतिबद्धता

title
शनिबार, साउन ४, २०७६

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले विभिन्न समयमा अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता लिने प्रतिबद्धता जनाउनुभएको छ । काठमाडौं क्षेत्र नम्बर ५ मा पुनर्निर्माण गरिएको पहँँेलो पुल उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले जतिसुकै पहुंचवाला व्यक्ति अथवा संस्थाले अतिक्रमण गरेको भएपनि सार्वजनिक जग्गा फिर्ता लिएरै छाड्ने चेतावनी पनि दिनुभयो ।

सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन उपप्रधानमन्त्री पोखरेलले आग्रह गर्नुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडासँग आवश्यक सहकार्य गरेर काठमाडौं महानगरपालिकाले विकास निर्माणको कामलाई तीव्रता दिएको दावी गर्नुभयो ।

उहाँले बिगतको तुलनामा काठमाडौंलाई हिलो र धुलोमुक्त बनाई सकिएको दावी गर्नुभयो । सो अवसरमा प्रदेश ३ को सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको पुल वरपरका सम्पदा पुनर्निर्माण गरी त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रदेश सांसद नारायण सिलवालले बताउनुभयो ।