सरकारले कुटनीतिक पहल नगर्दा तराइ डुवानमा परेको हो : कांग्रेस सभापति

title
शनिबार, साउन ४, २०७६

ध्रुव ढकाल, सुनसरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कुटनीतिक पहल नगर्दा तराइका जिल्ला पटक पटक डुवानमा परेको बताएका छन ।

पटक पटक मुलुकको प्रधानमन्त्री बनिसकेका सभापति देउवाले भारतीय बाँधका कारण नेपाली भुभाग डुबानमा पर्ने गरेको तर बाँध खोल्ने विषयमा भारतीय सरकारसँग कुटनितिक पहल नगरेको बताए । तराईका डुबान प्रभावित जिल्लाको अनुगमनका क्रममा सुनसरी पुग्नु भएका सभापति देउवाले सरकारकै कमजोरीका कारण बढि क्षति व्यहोर्नु परेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन इटहरी नगर समितीले आयोजना गरेको पत्रकार भेटघाटमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सरकारले बाढि, डुबान प्रभावित क्षेत्रका पिडितहरुलाई उद्धार तथा राहत वितरणमा ध्यान दिन नसकेको टिप्पणी पनि गरे । देउवाले आफु डुबानग्रस्त क्षेत्रमा पुगेर आएको तर त्यहाँ सरकारको उपस्थिती नदेखीएको बताएका छन् ।

सिरहा र सप्तरीका बाडीपिडितको अवस्था बुझ्न डुबाग्रस्त क्षेत्र पुगेका देउवाले शनिवार सुनसरीका बाढी तथा डुबानग्रस्त क्षेत्रको अवस्थाको अवलोकन गरेका हुन ।