गाँजा तस्कर र प्रहरीबीच मकवानपुरमा गोली हानाहान, एक प्रहरी घाइते

title
आइतवार, साउन ५, २०७६

हेटौंडा–मकवानपुरको मनहरीमा गोली चलेको छ । मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको हो ।

मकवानपुरको मनहरी गाउँपालिका ९ रजैयामा गाँजा तस्कर समूहले प्रहरीमाथि गोली चलाएपछि दोहोरो गोली हानाहान भएको प्रहरीले जनाएको छ ।

दोहोरो गोली हानाहानमा गाँजा तस्करको गोली लागेर नेपाल प्रहरी तर्फ  एक जना घाइते भएका छन् । त्यसक्रममा गाँजा तस्करका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले घटनाबारे थप जानकारी गराउँन २ बजे पत्रकार सम्मेलनको आयोजना गेको मकवानपुर प्रहरीले् जनाएको छ ।