पाकिस्तानी प्रधानमन्त्री इमरान अमेरिकामा

पाकिस्तानी प्रधानमन्त्री इमरान अमेरिकामा
आइतवार, साउन ५, २०७६

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री ईमरान खान ३ दिने अमेरिकी भ्रमणका लागि निस्किएका छन् ।

वासिङटन पुगेका पाकिस्तानी प्रधानमन्त्री खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नेछन् । दुई नेताबीचको भेटका लागि सोमबारको समय तय गरिएको छ ।

भेटमा दुई देशबीचको सम्बन्धका साथै अफगानिस्तान र दक्षिण एसियाली क्षेत्रको शान्ति प्रक्रियाका विषयमा पनि खानले ट्रम्पस“ग कुराकानी गर्ने पाकिस्तानी सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अमेरिका भ्रमणमा रहेको खान नेतृत्वको टोलीमा पाकिस्तानी सेनाका प्रधानसेनापति कमर जावेद बाज्वा, ईन्टर सर्भिसेज ईन्टेलिजेन्सका महानिर्देशक फैज हमिद र प्रधानमन्त्रीका वाणिज्य सल्लाहकार अब्दुल रज्जक दाउद वासिङटन् पुगेका छन् ।

खान अमेरिकास्थित पाकिस्तानी राजदूतावासको गृहमा बसेका छन् ।