अपडेट : गुल्मीमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुग्यो

सगरमाथा

title
मङ्लबार, साउन ७, २०७६

गुल्मी । अबिरल बर्षाका कारण गुल्मीमा गएकाे भिषण पहिरोमा परेर गुल्मीको सत्यवती गाउँपालिकामा १० जनाको मृत्यु भएको छ।

गाउँपालिकाको वडा नम्बर ३ मा घरमाथिबाट पहिराे खसेर स्थानीय टेक बहादुर तरामुकी श्रीमती ३० बर्षीया तिलकुमारी तरामू, उनका छोरा बर्ष १० का दर्शन तरामुको मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष रुकबहादुर रानाले जानकारी दिए । पहिराेमा परेर उनकी ९ र १३ बर्षीया छोरी करिष्मा र धनी तरामु घाइते भएका छन् ।

यस्तै सत्यवती गाउँपालिका वडा नं ४ लिम्घामा ३ घर बग्दा ८ जनाले ज्यान गुमाएका छन् । उनीहरुको ढिलागरी शव बरामद भएको वडा कार्यलयकाका कर्मचारी सुनिल ज्ञवालीले बताए। मृत्यु हुनेमा रुपा बिक, बालिका सिवानी बिक, निर्मली बिकका छोराछोरी र पम्फा बिकका छोराछोरी छन्।

सत्यवती गाउँपालिकाकै वडा नं ३ सिङदीमा रुद्रबहादुर बिकको घर पहिरोले बगाएको छ। राति घर बगाउँदा रुद्रबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ । उनीहरु बेपता रहेकाले खोजी कार्य जारी छ।