करवृद्धिको विरोधमा हेटौँडा बजार बन्द

title
मङ्लबार, साउन ७, २०७६

रुपेश दुलाल । मकवानपुर । मकवानपुर उद्योग बाणिज्य संघको आह्वानमा व्यवसायीले आज हेटौँडा बजार बन्द गरेका छन् । सरकारले आर्थिक वर्ष ०७६/०७७ बाट लागु गर्न लागेको भिसिटिएस तथा अन्य करको विरोधमा संघको आह्वानमा आज बजार बन्द भएको हो ।

संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको भेलाले सरकारको निर्णय सच्याउन दवाब स्वरुप बजार बन्दको आव्हान गरेको छ । सरकारले कार्यान्वयन गर्न खोजेको कर नीति जस्ताको तस्तै पूर्ण रुपमा पालना गर्न नसकिने भएकाले विरोध गर्नु परेको संघको भनाई छ ।

बजार बन्द गर्न व्यवसायीहरुले विहान ¥याली समेत निकालेका थिए । संघमा आवद्ध विभिन्न बस्तुगत समितिले समेत बन्दको समर्थन गरेका छन् । आकस्मिक रुपमा बजार बन्द हुँदा किनमेलका लागि आएका उपभोक्ताहरु भने मारमा परेका छन् ।