महिना नपुग्दै भत्कियो कालोपत्रे गरेको सडक (भिडियो)

रुपेश कुमार यादव

title
मङ्लबार, साउन ७, २०७६

रुपेश कुमार यादव

काठमाडौं–सडक कालोपत्रे गर्न असार पर्खिने र कालोपत्रेको नाममा झारो टार्ने काम गरी बजेट सकाउने प्रवृती दिनप्रति बढिरहेको छ । जसको पछिल्लो उदाहरण बनेको छ, ललितपुर महानगरपालिकाको पाटन कृष्ण मन्दिरदेखि अशोक स्तुपासम्मको सडक । १६ सय मिटर सडक कालोपत्रे भएको १ महिना नबित्दै उप्किन थालेको छ ।

कालोपत्रे र पानी आपसमा सत्रु हुन् अर्थात वर्षायाममा पानी झरिमा गरिएको पीच आफैंमा दीगो हुँदैन । त्यसमा पनि नेपालमा प्रत्येक वर्ष असारे विकास हुन्छ । जसले खर्च गर्ने बाहेक उपलब्धी हासिल गर्न सक्दैन । ललितपुरको कृष्णमन्दिरदेखि असोक स्तुपासम्मको १६ सय मिटर सडक पनि यहि असारे विकासको चपेडामा परेको छ । यो सडक कालोपत्र भएको महिना नपुग्दै उप्किएको छ ।

असारमा भएको कालोपत्रे साउनको पहिलो साता आउदासम्ममा अधिकाशं स्थानमा उप्किन थालेको छ । ललितपुर महानगरपालिकाले गत आर्थिक बर्ष २०७५/७६ मा महानगरपालिकाको ९ र १६ नम्बर वडामा पर्ने यो सडक कालोपत्रे गर्न करिब महिनामा ९ लाख रकम विनियोजन गरेको थियो । तर, ठेक्का पाएको कम्पनीले असारमा पानी परेको समयमा कालोपत्रे गर्दा कालोपत्रे गरेको एक हप्ताबाटै उप्किन थालेको स्थानीय जितेन्द्र बज्राचार्यको को आरोप छ ।

भिडियो हेर्नुहोस्

स्थानीय विजय महर्जनले भने सरकारले अन्तिम समयमा आएर कालोपत्र गर्दा हाम्रो क्षेत्रका नाममा आएको बजेट त सकियो होला तर समस्या हल भएन । उनले जनताका समस्या समाधान हुने गरी पैसा खर्च गर्न पनि सरकारलाई सुझाव दिए ।

ठेकेदार कम्पनीले कालोपत्रे गर्नुअघि सडक राम्ररी सफा नगरी हिलोमाथि कालोपत्रे गर्दा उप्किएको स्थानीय बताउछन् । सडक निर्माणका लागि प्रयोग गरिएका निर्माण सामग्री कमसल तथा गुणस्तहीन र मापदण्ड नपुगेको समेत स्थानीयको आरोप छ ।

तर ललितपुर महानगरपाकिला भने सडक निर्माणको ठेक्का, ठेकेदार कम्पनीलाई दिइएको र त्यसको अनुगमन महानगरले गर्ने र समस्या देखिएको सुधार गराउने तथा दोषी देखिए कारबाही गर्ने भएको छ । नगरप्रमुख चिरीबाबु महर्जनले स्थानीयबासीको गुनासो अनुसार काम देखाउनमात्र बजेट खर्चिएको पाइएमा कारबाही गरिने छ ।

यसरी सडक कालोपत्रे टिकाउ नहुदा राज्यको करौडौं रकम सडक शीर्षकका बजेटमा बर्खामा दुरुपयोग हुने गरेको छ । सडक निर्माणको दुराआवस्था देख्दा वा गुणस्तरहिन सडक बनिरहदा पनि अहिलेसम्म सडको अनुगमन र कारबाहि नहुनु आफै विडम्बनाको विषय हो ।