भारतीय मालवाहक कन्टेनरले थिच्दा २ को मृत्यु

title
मङ्लबार, साउन ७, २०७६

मकवानपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ चुरियामाई नजिक भारतीय मालवाहक कन्टेनरले थिच्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटोका चालक हेटौँडा–३ बसामाडिका सुजनकुमार ढकाल रहेका छन् भने मोटरसाइकल चालकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ५ जनाको हेटौँडामा उपचार भईरहेको छ । कन्टेनरले ७ वटा सवारीलाई क्षति पु¥याएको छ ।

कन्टेनरले ना १ ज ७७८६ नम्बरको सुमो, बा ६६ प ६२१३ नम्बरको मोटससाइकल र ना १ ह ८८२४ नम्बरको अटोलाई थिचेको थियो भने ना ५ ख ५११३ र ना ४ ख ३१४१ नम्बरको बस, को १ च २२६७ नम्बरको कुखुरा बोक्ने गाडि र भे १ क ६३१ नम्बरको ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

सडकको बीच भागमा बिग्रिएको एनएलओआइडी ८०३१ नम्बरको भारतीय कन्टेनरलाई क्रेनको सहायताले हेटौँडातर्फ ल्याउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।