राजनीति नगर्नुस भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई प्रधानमन्त्रीले दिए चेतावनी

सगरमाथा

title
मङ्लबार, साउन ७, २०७६

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिष्ठानका कूलपतिसमेत रहनु भएका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कारबाही गर्ने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानको गैरजिम्मेवार कामको छानविन गर्न गठित समितिले आफूलाई नबुझाई प्रतिवेदन संचार माध्यामहरुमा सार्वजनिक गरेकोमा पनि आपत्ति जनाए ।

मंगलबार काठमाडौंमा आयोजित प्रतिष्ठानको तेस्रो सभामा बोल्दै प्रधानमन्त्री ओलीले कूलपति समेत रहेको आफूलाई नबुझाई सो प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै आफूलाई सैह्य नहुने बताए । ‘यो छानबिन समिति होकी राजनीतिक ?,’ छानबिन समितिप्रति प्रधानमन्त्री ओलीको आक्रोशसहितको प्रश्न थियो ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराए । उनले सरकार कसैको दवाव र प्रभावमा नपर्ने भएकाले सोही अनुसार काम गर्न पनि सबैलाई सचेत गराएका छन् ।