रोजगारीको अवसर सृजना हुनेगरी लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई श्रममन्त्रीको आग्रह

title
मङ्लबार, साउन ७, २०७६

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा पनि रोजगारीको अवसर सृजना हुनेगरी लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई आग्रह गर्नु भएको छ । मन्त्री विष्टले दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको भन्दै अब नेपालमै रोजगारीको अवसर सृजना हुने गरी लगानी गर्न आग्रह गर्नु भएको हो ।

आज दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उहाँले नेपालमा लगानीका लागि आवश्यक वातावरण बनेकोतर्फ पनि दक्षिण कोरियाली निजी क्षेत्रको ध्यानाकर्षण गराउनु भयो । मन्त्री विष्टले दक्षिण कोरियाबाट फर्केका कामदारहरुको सिप र अनुभवलाई भरपुर उपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

मन्त्री विष्टले दक्षिण कोरिया आफ्नै मिहिनेतको बलमा समृद्धिको दिशामा अघि बढेको भन्दै त्यसलाई ग्रहण गरेर नेपालले पनि अघि बढ्ने योजना तय गरिरहेको पनि बताउनु भयो । सरकारी तथ्यांक अनुसार हालसम्म ६३ हजार नेपाली कामदारले दक्षिण कोरियामा रोजगारी पाएका छन । मन्त्री विष्टले उनीहरुको ज्ञान, सीप र अनुभवले पनि नेपाललाई समृद्ध बनाउन सघाउन पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।