अन्र्तराष्ट्रिय च्याम्पियन्स कपमा म्यानचेस्टरको जित

title
शुक्रबार, साउन १०, २०७६

ऐजेन्सी । प्रि–सिजन टुर अन्र्तगतको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा म्यानचेस्टर युनाइटेडले टेटेनह्यामलाई पराजित गरेको छ । चिनमा बिहिबार साँझ भएको खेलमा युनाइटेडले प्रिमियर लिगको प्रतिद्वन्द्वी टेटेनह्यामलाई दुई–एक गोलअन्तरले पराजित गरेको हो ।

युनाईटेडको जीतमा युवा फरवार्ड एन्जेल गोमेजले खेलको निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा गरेको गोल निर्णाण्क बन्यो । त्यसअघि खेलको २१औ मिनेटमा एन्थोनी मार्सियालको गोद गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६५औं मिनेटमा टोटेनह्यामका लुकास मोउराले बराबरी गोल फर्काएका थिए । त्यसपछि दुई–एक गोलअन्तरले पछि परेको टोटेनह्याम गोल फर्काउन नसक्दा पराजित भएको हो । नयाँ सिजनको सुरुवात अघि प्रि–सिजन तयारी गर्न एसिया भ्रमणमा रहेको दुवै टोली अहिले चीनमा रहेका छन् ।