ग्लोबल टी–ट्वान्टी- सन्दीपको टोली पराजित

title
शुक्रबार, साउन १०, २०७६

ऐजेन्सी । टोरन्टो नेसनल्स ग्लोबल टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा टोरन्टो भ्यान्कोभर नाईट्ससंग पराजित भएको छ । बिहिबार राती भएको खेलमा नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेको टोली टोरन्टो नेसनल्स, टोरन्टो भ्यान्कोभर ८ विकेटले पराजित भएको हो ।

अहिले सिंगापुरमा विश्वकप छनोटको एसिया फाईनल व्यस्त सन्दीप पहिलो खेलमा भने सहभागी थिएनन् । एक सय ६० रनको लक्ष्य पछ्याएको भ्यान्कोभरले १६ बल अगावै २ विकेट गुमाएर लक्ष्य पुरा गर्दै जित हात पारेको हो । यो जितसंगै भ्यान्कोभरले २ अंक जोडेको छ ।