श्रृंखलाले सिसनलाई किन‘लिटरल पार्टनर इन क्राइम’ लेखिन

श्रृंखलाले सिसनलाई किन‘लिटरल पार्टनर इन क्राइम’ लेखिन
शुक्रबार, साउन १०, २०७६

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले टर्कीमा पुगेर सामाजिक सञ्जालमा सेयर गरेको एक फोटोको विषयलाई लिएर धेरै चर्चा परिचर्चा भए ।

उनीहरु सँगै रहेको विषयलाई लिएर उनीहरुको अफएयर चलेको पनि टिप्पणी सामाजिक सञ्जाल र धेरै सञ्चार माध्यममा भएको छ ।

दुई जवान युवायुवतीलाई देशमा सँगै देखियो भने अफेयरको आशंका गर्ने नेपाली संस्कार नै बनेको बेला श्रृंखला आफैले सिसनसँगको फोटो सार्वजनिक भएपछि जताततै चर्चा भएको विषय के हो ?

उनले सिसनको छातीमा टाउको राखेर फोटोमा लेखिएको क्याप्सन ‘लिटरल पार्टनर इन क्राइम’को शाब्दिक अर्थ के भनेर धेरैले प्रश्न पनि सोधेका छन् ।