फिलिपिन्समा गएको भूकम्पमा ८ को मृत्यु, ६० भन्दा बढी घाइते

फिलिपिन्समा गएको भूकम्पमा ८ को मृत्यु, ६० भन्दा बढी घाइते
शनिबार, साउन ११, २०७६

एजेन्सी । फिलिपिन्समा एकै दिन गएको २ शक्तिशाली भूकम्पमा परी ८ जनाले ज्यान गुमाएका छन् । फिलिपिन्सको बातानेस प्रान्तमा गएको भूकम्पमा परी ६० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

५.४ म्याग्नेच्यूटको भूकम्प गएको केहिबेरपछि ५.९ म्याग्निट्युडको भूकम्प गएको थियो । बातानेस टापुहरु रहेको प्रान्त हो ।

जहाँ रहेका धेरै सानो कम्पनले पनि धेरै क्षति पु¥याएको मेयर राउल डे सागोनले बताए । भूकम्प जाँदा धेरै मानिसहरू घरभित्रै रहेको बताइएको छ। भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छैन।

बिहानको मीठो निद्रामा भएकाले भाग्न नपाउँदा भत्किएका घरहरुमा च्यापिएर ८ जनाले ज्यान गुमाएका थिए । फिलिपिन्स भूकम्पीय गतिविधि धेरै हुने क्षेत्रमा पर्छ।