हङकङमा प्रदर्शनका क्रममा झडप

हङकङमा प्रदर्शनका क्रममा झडप
आइतवार, साउन १२, २०७६

काठमाडौं-हङकङमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

कडा सुरक्षा तैनाथीकाबीच पनि प्रदर्शन नरोकिएपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो।

गत मंगलबार मास्क लगाएको एउटा अज्ञात समूहले लोकतन्त्रका पक्षधरहरुमाथि गरेको अन्धाधुन्ध आक्रमणको विरोधमा र्‍याली निकालिएको थियो।

र्‍यालीमा सहभागीहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै अश्रु ग्याँससमेत प्रहार गरेको छ। प्रहरीले ज्यादती गरेको भन्दै प्रदर्शनकारीले ढुंगामुडासहित प्रहरी भ्यान घेराउ गरेका छन्।

गत मंगलबार लोकतन्त्रको पक्षमा गरिएको प्रदर्शनमा सहभागीहरुमाथि मास्क लगाएको अज्ञात समुहले आक्रमण गर्दा ४५ जना घाइते भएका थिए।

हङकङमा एक महिनाभन्दा लामो समयदेखि प्रदर्शन हुँदै आएको छ। सुपुर्दगी विधेयकको विरोधमा शुरु भएको प्रदर्शन अहिले लोकतन्त्रको नाममा परिणत हुँदै आएको छ।