अन्र्तराष्ट्रिय च्याम्पीयन्स कप : बेनफिकाको जितसगै अङ्क तालिकाको शीर्ष स्थानमा 

title
सोमवार, साउन १३, २०७६

आज(सोमवार) सम्पन्न खेलमा बेनफिकाले एसी मिलानलाई एक शुन्य गोल अन्तरले पराजीत गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा पुग्न सफल भएको हो ।

जारी अन्र्तराष्ट्रिय च्याम्पीयन्स कप फुटबलको आज(सोमवार) अमेरिकाको मासाचुसेट्सस्थित जिलेट रङ्गशालामा भएको खेलमा बेनफिकाले एसी मिलानलाई एक शुन्य गोल अन्तरले हराएको हो ।

बेनफिकाका मिडफिल्डर ऐडेल ताराब्तले ६९औं मिनेटमा टिमले पाएको कर्नरलाई सदुपयोग गर्दै गोल गरेका थिए । खेलको पहिलो हाफमा एसी मिलानले खेल आफ्नो नियन्त्रणमा लिए पनि गोल गर्न सकेन । यो जितसँगै ९ अंक प्राप्त गरेर बेनफिका अंक तालिकाको पहिलो स्थानमा पुगेको छ । अहिलेसम्म तीनवटा खेल खेलेको बेनफिकाले तीनै खेल जितेको छ । त्यस्तै दुई खेल खेलेर दुवै खेल हारेको एसी मिलान अंक तालिकाको अन्तिम स्थान अर्थात १२औं स्थानमा रहेको छ ।

अबको खेल आँउदो अगस्ट ३ मा एसी मिलान र म्यान्चेस्टर युनाईटडबीच वेल्सको राजधानी कार्डिफको प्रीन्सीपालिटी रङ्गशालामा हुनेछ ।