क्यालिफोर्नियामा सञ्चालित मेलामा गोली चल्यो, तीन जनाको मृत्यु, १५ घाईते

क्यालिफोर्नियामा सञ्चालित मेलामा गोली चल्यो, तीन जनाको मृत्यु, १५ घाईते
सोमवार, साउन १३, २०७६

एजेन्सी । अमेरिकाको उत्तरी क्यालिफोर्नियाको गिल्रोय शहरमा चलिरहेको एक मेलामा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।

क्यालिफोर्नियाको स्यान होजे नजिक गिल्रोय शहरमा चलिरहेको एक मेलामा गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । गिल्रोय प्रहरीले एक जना बन्दुक बोकेका व्यक्तिलाई गोली चलाएको आशंकामा गोली प्रहार गरेको छ । प्रहरीले गोली चलाउने एक जना मात्रै नभएको अनुमान गरेको छ ।

सामाजिक सञ्जालमा राखिएका दृश्यमा मेलामा उपस्थित सहभागीहरु भाग दौड गरिरहेका देखिएका छन् । गिल्रोय प्रहरीले प्रत्यक्षदर्शीहरुलाई आफ्नो बयान दिन अनुरोध गरेको छ ।