ग्यारेथ बेल म्युनिख नजाने

title
मङ्लबार, साउन १४, २०७६

काठमाडौं-रियल मड्रिडका खेलाडी ग्यारेथ बेल जर्मनीको म्युनिखमा हुने फुटबल प्रतियोगितामा नजाने भएका छन् ।

रियल मड्रिडका फर्वार्ड खेलाडी ग्यारेथ बेल जर्मनीको म्युनिखमा हुने फुटबल प्रतियोगितामा सहभागी नहुने भएका छन् ।

३० वर्षे बेलको चाईनिज क्लबमा जाने प्रक्रिया स्थगित भएपछि बेलले म्युनिखमा हुने प्रतियोगितामा भाग नलिने बताएका हुन ।

गत हप्ता रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बेलको क्लब छाड्ने समय नजिक आएको र क्लब छाड्दा क्लबलाई असर नपर्ने बताएपछि बेल असन्तुष्ट बनेका थिए ।