अपडेट : पाकिस्तानी सेनाको हवाईजहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुग्यो

अपडेट : पाकिस्तानी सेनाको हवाईजहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुग्यो
मङ्लबार, साउन १४, २०७६

रावलपिण्डी– पाकिस्तानी शहर रावलपिण्डी नजिकको आवासीय क्षेत्रमा आज (मंगलबार) बिहान भएको सैनिक विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।

सेनाको प्रमुख कार्यालयहरु रहेको रावलपिण्डी शहरको छिमेकमा रहेको एक गाउँमा विमान दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा मारिएका १३ जना सर्वसधारण र पाँच चालक दलका सदस्यसहित १८ जनाको शव अस्पताल लगिएको उद्धार टोलीका प्रवक्ता फारोक बुटाले बताए ।

राजधानी इस्लामाबाद नजिकै भएको दुर्घटनामा १२ सर्वसाधारण पनि घाइते भएका छन् ।

सबै शव जलेकाले परिचय खुलाउन डिएनए परीक्षण गर्नु पर्ने अवस्था रहेको बुटाले जानकारी दिए ।

दुर्घटनामा एकै परिवारका सात जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनप्रति पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गहिरो समवेदना प्रकट गरेका छन ।