संसदमा भइरहेको अवरोध प्रणालीमाथिकै प्रहार हो : पूर्वसभामुख नेम्बाङ

title
बुधबार, साउन १५, २०७६

काठमाडौ । पूर्वसभामुख सुवास नेम्बाङले अहिले संसदमा भइरहेको अवरोधलाई प्रणालीमाथिकै प्रहारको संज्ञा दिएका छन् ।

आज(बुधवार) संसद भवन बानेश्वरमा संचारकर्मीसंग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले निरन्तर वार्ता गर्दा पनि नेपाली कांग्रेसले मिलिसकेको विषयलाई उचालेर संसदमा अवरोध गरेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

त्यस्तै कांग्रेसका सांसद गगन थापाले संसदलाई केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो लाचार छाया बनाएको आरोप लगाए । त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले केपी शर्मा ओली नेतृत्वको सरकार जनताबाट भागेको आरोप लगाएका छन् ।

आफूहरुले संसदीय मूल्य मान्यता अनुसार मागबारे पटक पटक सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराउँदा पनि सुनवाइ नभएको गुनासो महतोले गरेका छन् ।