बार्यनलाई हराउँदै टोटेनहम बन्यो औडी कपको च्याम्पियन

title
बिहिबार, साउन १६, २०७६

एजेन्सी । जर्मन क्लब बार्यन म्युनिखलाई सडनडेथमा पराजित गर्दै टोटेनहमल औडी कपको उपाधि जितेको छ । बुधबार राति निर्धारित समयको खेल दुई दुई गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । खेलको १९औ मिनेटमा ईरिक लामेलाले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए ।

त्यस्तै खेलको ५९औ मिनेटमा क्रिस्टियन एरिक्सनको गोलबाट टोटेनहमले अग्रता दोब्बर बनायो । त्यसपछि ६१औ मिनेटमा बार्यनका जान फिएद अर्पले गोल गर्दै खेललाई दुई एकको स्थितीमा पु¥याए ।

त्यस्तै ८१ औँ मिनेटमा अल्फान्सो डेविसले गोल गर्दै खेललाई दुई दुई गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि सडनडेथमा धकेलिएको खेलमा जेरोम बोटेङ्गले उत्कृष्ट बचाउ गर्दै टोटेनहमलाई पहिलो उपाधि जिताएका हुन् ।