ग्लोबल टी–ट्वान्टी : सोमपालको टोली विनीपेग हक्सको खेल आज

title
बिहिबार, साउन १६, २०७६

ऐजेन्सी । क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेट लिगमा नेपाली खेलाडी सोमपाल कामीको टिम विनीपेग हक्सले आज ब्रम्पटन उल्भ्ससँग प्रतिस्र्पधा गर्देछ ।

तेस्रो जितका लागि खोजीमा मैदानमा उत्रने यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राती साढे १० बजेबाट सुरु हुनेछ । यसअघिको खेलमा सन्दिप लामिछानेको टिम टोरन्टो नेश्नल्सलाई तीन विकेटले हराएको विनीपेग हक्सले तीन खेलबाट चार अंक जोडको छ । यता, ब्रम्प्टन २ खेलमा २ जितका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।

यसअघि सोमपालको टिम होक्सले टोरोण्टो इन्टरनेश्नललाई ३ तथा भानकुभर नाइट्सलाई ७ विकेटले पराजित गरेको थियो । सोमपाल बिदेशी फ्रेन्चाइज लिग खेल्ने नेपालका दोस्रो खेलाडी हुन् ।

यसअघि सन्दीप लामिछानेले मात्र फ्रेन्चाइज लिग खेल्दै आएका थिए । तर, आजको खेलमा सोमपालले खेल्ने मौका पाउने सम्भावना भने न्यून रहेको छ । रायाद इम्रितको कप्तानीमा रहेको टिममा सोमपाललाई पहिलो पटक समावेश गरिएको छ । यसअघिको खेलमा बाहिर रहेका सोमपाल यहि प्रतियोगिताका लागि सिंगापुरबाट सोझै क्यानडा गएका हुन् ।