ग्लोबल टी–ट्वान्टी : सोमपालको टोली हक्स पराजीत

title
शुक्रबार, साउन १७, २०७६

ऐजेन्सी । क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेट लिगमा नेपाली खेलाडी सोमपाल कामीको टिम विनीपेग हक्स पराजित भएको छ । सोमपालको टोली बिहिबार भएको खेलमा ब्रम्प्टन वुल्भ्ससंग ७ विकेटले पराजित भएको हो ।

सोमपाल भने प्लेईङ सेटमा अटाएका थिएनन् । उनले पहिलो विदेशी लिगको फ्रेन्चाईज खेलमा डेब्युका लागि अझै केही समय पर्खनुपर्ने भएको छ । पहिले ब्याटिङ गरेको होक्सले १८ ओभर ५ बलमा १ सय १६ रन बनाएको थियो ।

होक्सका लागि साइमान अनवरले ३१ रन बनाए । त्यस्तै कलिम सानाले २७ र सन्नी सोयलले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान बाहेक अन्य खेलाडीले दोहरो अंकको स्कोर छुन सकेनन् । यता, बलिङ तर्फ ब्रम्प्टनका इस सोधी, रोहन मुस्तफा, सहिद अफ्रिदी र जाहोन खानले समान दुई दुई हात पारे ।

एक सय १७ रनको सामान्य लक्ष्य सहित मैदान उत्रिएको ब्रम्प्टनले १४ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । उसका लागि कप्तान कोलिन मुन्रोले अविजित ५३ रन बनाए । त्यस्तै बाबर हायातले नटआउट ३७ र ओपनर लेन्डी सिमोन्सले २२ रन बनाएको योगदान गरे । यो जितसंगै ब्रम्प्टनले ३ खेलमा जित निकाल्दै ६ अंकसहति तालिकाको शीर्ष स्थानमा छ । यता, हक्सले भने ४ खेलबाट ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।