विश्व च्याम्पियनसिप टेस्ट सिरिज :अस्ट्रेलिया र इंग्ल्याण्ड प्रतिस्पर्धामा

title
शुक्रबार, साउन १७, २०७६

एजेन्सी- विश्व च्याम्पियनसिप टेस्ट सिरिज अर्थात ’एसेज सिरिज’ क्रिकेटअन्र्तगत पहिलो खेलमा अस्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा भईरहेको छ ।

इंग्ल्याण्डको एज्बास्टनमा जारी खेलमा अहिले इंग्ल्याण्ड, अष्ट्रेलियाले पहिलो इनिङ्समा बनाएको २ सय ८५ रनको लक्ष्य पछ्याईरहेको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले सबै विकेट गुमाउँदै २ सय ८३ रन बनाएको थियो । अस्ट्रेलियाका लागि पूर्व कप्तान स्टिभ स्मिथले १ सय ४४ रनको शतकीय पारी खेले । खराब सुरुवात गरेको अष्ट्रेलियाले स्मिथको शतकसँगै सम्मानजनक योगफल तयार पारेको हो ।

स्मिथ विश्व टेष्ट च्याम्पियनशिपमा शतक बनाउने पहिलो ब्याट्सम्यान समेत बनेका छन् । त्यस्तै अस्ट्रेलियाका लागि पिटर सिड्लेले ४४ तथा टिम हेडले ३५ रनको योगदान गरे । यता, बलिङ तर्फ इंग्ल्याण्डका स्टुवार्ड वोर्डले सर्वाधिक पा“च विकेट लिए ।

त्यस्तै क्रिस वोक्सले तीन विकेट हात पारे । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले गत महिना यो प्रतियोगिताको औपचारिक घोषणा गरेको थियो ।

यो च्याम्पियनशिपलाई एकदिवसीय विश्वकप, टी–ट्वान्टी विश्वकप जस्तै टेष्ट विश्वकपको रुपमा हेरिएको छ ।