नेपाली राष्ट्रिय फुटबलका गोलरक्षक किरणले जापानी क्लबमा ट्रायल दिने

title
मङ्लबार, साउन २१, २०७६

काठमाडौ ।नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा गोलरक्षक किरण कुमार चेम्जोङले जापानको क्लबमा ट्रायल दिने भएका छन् ।

नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलकिपर किरणले जापानको तेस्रो डिभिजन क्लब फुजिदा एमवाईएफसीमा ट्रायल दिने लागेका हुन । ट्रायलका लागि किरण बुधबार जापान जाने छन् । जे लिगको तेस्रो डिभिजन क्लबमा किरणले २० दिन प्रशिक्षण गर्ने छन् ।

किरणले ट्रायल दिने क्लब फुजिदा दोस्रो डिभिजनमा उक्लने प्रयास गरिरहेको छ । फुजिदा जारी लिगको अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । फुजिदाले १९ खेलमा ३७ अंक जोडेको छ । तर, क्लबले दोस्रो डिभिजनका लागि भने राम्रो गोलकिपरको खोजी गरिरहेको छ ।

त्यसैले किरण ट्रायलका लागि जान लागेका हुन् । किरण नेपाली राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर सन्तोष साहुखल र जापानी आयामोसी सम्मिलित ‘हिरो टु हिरो’ प्रोजेक्ट मार्फत जापान जान लागेका हुन् । किरणले जापानमा आफुले राम्रो अनुभव हासिल गर्ने र पाएको अवसरलाई सदुपयोग गरेर स्वदेश फर्कने बताए ।

किरण अगष्ट २८ मा स्वदेश फर्कने छन् । किरण फिफा विश्वकप छनोट अन्तर्गत एसियाको दोस्रो चरणको छनोटका लागि राष्ट्रिय टिममा रहेका छन् । त्यस्तै नेपालमै आयोजना हुने १३औं साग टिममा समेत किरण रहेका छन् ।