टी–ट्वान्टी सिरिज : वेस्ट ईन्डिजविरुद्व तीन खेलमा भारतको जित

टी–ट्वान्टी सिरिज : वेस्ट ईन्डिजविरुद्व तीन खेलमा भारतको जित
बुधबार, साउन २२, २०७६

एजेनसी । भारतले वेस्ट ईन्डिजविरुद्व तीन खेलको टी–ट्वान्टी सिरिज जितेको छ ।

सिरिजअन्र्तगत अन्तिम खेलमा वेस्ट ईन्डिजलाई ७ विकेटले हराउँदै भारतले तिन खेलको सिरिज क्लिनस्वीप गरेको हो । १ सय ४७ रनको लक्ष्य भारतले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पुरा ग¥यो । भारतका लागि कप्तान विराट कोहली र ऋषभ पन्तले अर्धशतकीय पारी खेले । कप्तान कोहलीले ५९ रन जोड्दा पन्तले नटआउट ६५ रन बनाए ।

त्यस्तै केएल राहुलले २० रनको योगदान दिए । यता बलिङ तर्फ वेस्ट ईन्डिजका ओशेन थोमसले दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट ईन्डिजले ६ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । उसका लागि किरोन पोलार्डले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै रोभमन पोवेलले नटआउट ३२ रन बनाएका थिए । यता, भारतका दिपक चाहरले सर्वाधिक ३ विकेट लिएका थिए । वेस्ट ईन्डिज भ्रमणमा रहेको भारतले अब तीन खेलको एक दिवसीय सिरिज र दुई खेलको टेष्ट सिरिज खेल्नेछ ।