नेपाल र चीनको साँस्कृतिक,सामाजिक सम्बन्ध सुमधुर रहेको परराष्ट्रमन्त्रीको भनाई

नेपाल र चीनको साँस्कृतिक,सामाजिक सम्बन्ध सुमधुर रहेको परराष्ट्रमन्त्रीको भनाई
बुधबार, साउन २२, २०७६

काठमाडौ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेपाल र चीनबीच साँस्कृतिक र सामाजिक सम्बन्ध सुमधुर रहेको बताएका छन् ।

आज(बुधवार) काठमाडौंमा आयोजित नेपाल–चीन विकास सम्भावना र चुनौति बिषयक कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीच पारस्परिक सम्बन्ध रहेकाले एक आपसमा सहयोगी भूमिका हुनु पर्नेमा जोड दिइका छन् । नेपालको बिकासमा चीनले गरेको सहयोग प्रशंसनीय रहेको भन्दै उनले नेपालमा लगानी गर्न आग्रह समेत गरे ।

दुई देशबीच पर्यटकीय सम्भावना उल्लेख्य रहेको भन्दै मन्त्री ज्ञवालीले पर्यटनको क्षेत्रमा सहयोग गर्न आग्रह गरेका छन् । नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा चीनले सहयोगी भूमिका खेलेको भन्दै उनले नेपालमा चिनियाँ लगानी भित्र्याउनका लागि सरकारले पहल गरी रहेको पनि बताए ।

कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले नेपालको दीगो विकासको लागि चीनको सहयोग आवश्यक रहेकोमा जोड दिए ।